आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

वाणिज्य बैंकहरुले दैनिक रुपमा २० केजी सुन आयात गर्न पाउने

बुधबार, असोज १० २०८०

काठमाडौं – वाणिज्य बैंकहरुले अबदेखि दैनिकरुपमा २० केजी सुन आयात गर्न पाउने भएका छन् । बुधबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
सुन आयात सम्वन्धी २०७६ साल चैत १९ गते जारी गरेको परिपत्रलाई संसोधन गर्दे दैनिक सुुनको आयात कोटा २० केजी तोकिएको हो । हालको १० केजी सुनले बढ्दो बजार माग धान्न नसक्ने भन्दै व्यवसायीहरुले आयात कोटा बढाउन गरेपश्चात राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा बढाएको राष्ट्र बैंकको भनाई छ ।