हान्झाउ । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको विशाल स्कोर बनाएको छ ।
नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको हो ।
नेपालका कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१ र दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए।
नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ।
दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी-२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन्। उनले ९ बलमै अर्धशतक पुरा गरे।
अर्का खेलाडी कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे ।