शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मृत अवस्थामा फेला

सोमबार, असोज ८ २०८०

काठमाडौं- काठमाडौं महानगरपालिका–१९ दमाईटोल बस्ने ५६ वर्षीय राजेन्द्र महर्जन आफ्नै घरको कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

बाराको पचरौता नगरपालिका–१ पिपरपाती बस्ने ३५ वर्षीय अमरेश कुमार सिंह धारिलो हतियार प्रहार भई मृत्यु भएको अवस्थामा गएराति फेला परेका छन् । घटना सम्बन्धमा अनुसन्धान तथा सोधपुछका लागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोरखाको सहिद लखन गाउँपालिका–७ देउराली बस्ने ३५ वर्षीया अनु श्रेष्ठ आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

दोलखाको बैतेश्चर गाउँपालिका–६ घिमिरेटार बस्ने ५८ वर्षीया लक्ष्मी भन्ने छत्र कुमारी घिमिरे सोही गाउँपालिका–२ ढुङ्गाखानी भीर मुनि आइतबार मृत अवस्थामा फेला परेकी छिन् । गत भदौ २५ गेतदेखि हराएकी उनको उक्त स्थानमा शव फेला परेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।