सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृतकको परिचय सनाखद हुनसकेकाे छैन।
आज बिहान कपुरकोट गाउँपालिका- ३ चोरखोला नजिक सेतापैरास्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङतर्फ आइरहेको तरकारी बोकेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा एक जना घाइते भएका छन्। घाइतेलाई थप उपचारको लागि दाङ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।
जीप अनियन्त्रित हुँदा सडकदेखि करिब ३५० मिटर तल खसेको थियो।
मृत्यु भएका व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।