काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण सुनुवाइ स्थगित भएको हो ।
यसअघि गत असोज १ गते न्यायाधीश अभावका कारण सुनवाइ स्थगित भएको थियो ।
जिल्ला अदालतका केही न्यायाधीश सरुवा भएर अन्यत्त्र गएको र अन्यत्त्रबाट काठमाडौं सरूवा भएका न्यायाधीशहरू अझै काममा नआइसकेकाले कतिपय मुद्दाहरूको सुनुवाइ स्थगित भएको अदालतले जनाएको छ ।
सन्दीपको मुद्दामा पेसी तोकिएको आज २९औं पटक थियो । मुद्दाको फैसला पेसी १७औं पटक स्थगित भएको छ । जिल्ला अदालतका न्यायाधीशहरूले विभिन्न बहाना बनाएर मुद्दाको फैसलालाई धकेल्दै आइरहेका छन् ।