शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सडकभरी शिक्षक

बिहिबार, असोज ४ २०८०

काठमाडौं । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघर–नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

ट्राफिक प्रहरीले बानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ ।


आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो । शिक्षक महासंघले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।

संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् ।

विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो ।

महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ ।