काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शिक्षक आन्दोलनमा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले बुधबार निकालेको सूचनामा विद्यालय बन्द गरेमा कारबाही गर्ने उल्लेख छ। ‘आफ्ना माग पूरा गर्ने नाममा शिक्षकहरूका कारण बालबालिकालाई पठनपाठबाट वञ्चित गर्नु उपयुक्त हुँदैन,’ सूचनामा महानगरले भनेको छ।
सूचनामा महानगरपालिका मातहतका सबै विद्यालय बिहीवार खुला गर्न भनिएको छ ।