काठमाडौं- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ डेरा गरी बस्ने पाल्पा बगनाशकाली गाउँपालिका–७ खानीगाँउ बस्ने ३८ वर्षीय लिला बहादुर परियार आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको सुरूङगा नगरपालिका–१ मगर टोलस्थित बाटोमा सोही नगरपालिका–१ मुसहरी टोल बस्ने ४५ वर्षीय दुल्ला सदा आइतबार मृत अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ एङ्गेर्सा खोलामा सोही गाउँपालिका–१ बोक्चेन बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–२ बस्ने ३५ वर्षीय पुष्प पहरी आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।