शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै, नेम्वाङलाई राजकीय सम्मान दिने तयारी

मंगलबार, भाद्र २६ २०८०

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक आज बस्दै छ । बैठक बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्न लागेको हो ।

बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानबारे निर्णय गर्ने तयारी छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।

उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ यसअघि अस्पताल पुगेर तत्काल शव पार्टी कार्यालय नलैजान आग्रह गरेका थिए ।

अस्पतालबाट पार्टी कार्यालयसम्म राजकीय सम्मानका लागि नेम्वाङको पार्थिव शरीर लैजाने बुझिएको छ ।