शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

हिमालय एअरलाइन्स्द्वारा काठमाडौं– छिन्ताओे–काठमाडौं उडान सेवाको उद्घाटन

आइतबार, भाद्र २४ २०८०

काठमाडौं- नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले सेप्टेम्बर १०, २०२३ मा लामो समयदेखि प्रतिक्षारत काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाको उद्घाटन गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ । यस नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ । एअरलाइन्स्ले हरेक आइतबार, सेप्टेम्बर १०, २०२३ देखि निर्धारित यस रुटको लागि साप्ताहिक सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

पहिलो आउटबाउन्ड उडान, एच ९, ७२२०, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको थियो र छिन्ताओकोे जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्ने छ । यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय रहेको थियो । उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, माननीय सुदान किराँती प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । यसका साथै नेपालका लागि चिनियाँ राजदूत, चेङ सोङ र अन्य विशिष्ट व्यक्तिहरूलाई हिमालय एअरलाइन्स्का अध्यक्ष, झोउ एनयोङ र उपाध्यक्ष, विजय श्रेष्ठले स्वागत गरेका थिए ।

आफ्नो स्वागत सम्बोधनमा अध्यक्ष एनयोङले भने, “काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाको उद्घाटन हिमालय एअरलाइन्स्का लागि महत्वपूर्ण उपलब्धी हो । छिन्ताओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो जसले एसियालाई युरोपसँग जोड्दछ । दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं ।” राजदूत सोङले पनि आफ्नो विचार राख्दै भने, “काठमाडौं–छिन्ताओ–काठमाडौँ उडान सेवाको आरम्भ नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण हो । चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ र नेपललाई भूपरिवेष्ठितबाट भू–जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पु¥याउनेछ । यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्नेछ । यस रुटले हाम्रा दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा म विश्वस्त छु ।”

सो अवसरमा आफ्नो मन्तब्य राख्दै मन्त्री किराँतीले भने, “हिमालय एअरलाइन्स्ले काठमाडौं– छिन्ताओ–काठमाडौं उडान सेवाको सुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु । यस प्रकारको सेवा नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण हो । छिन्ताओ चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक शहर हो । दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडान सेवाले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्नेछ । यस रुटबाट हिमालय एअरलाइन्स्ले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु र यसै अवसरमा म छिन्ताओ बासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु ।”

हिमालय एअरलाइन्स्का प्रवक्ता समेत रहनुभएको विजय श्रेष्ठले नयाँ सुरु गरिएको रुटप्रति उत्साह व्यक्त गर्दै भन्नुभयो, “हिमालयको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । हिमालयले नेपालबाट चीनको लागि नयाँ रुटहरुमा उडान भर्दै आएको छ । यस अर्थमा नयाँ मर्केट स्थापित गर्नमा हाम्रो योगदान उल्लेखनीय छ क। यस रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको छ । हाम्रो यस उडानमा यात्रुहरूलाई स्वागत गर्न हामी उत्साहित पनी छौँ ।” हिमालय एअरलाइन्स्ले यात्रु, व्यवसायी र पर्यटकलाई काठमाडौं– छिन्ताओ–काठमाडौं उडान सेवाको सुविधा लिन आमन्त्रित गर्दछ । यात्रुहरूले हिमालय एअरलाइन्स्को टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनरहरू र एअरलाइन्स्को वेबसाईटबाट काठमाडौं–छिन्ताओ–काठमाडौं उडानको टिकट बुक गर्न सक्ने छन् ।

हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा

हिमालय एअरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनीहो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स्का मुख्य दुई उद्देश्यहरू हुन् । हिमालय एअरलाइन्स्, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हो ।

हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स्ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।

एअरलाइन्स्ले साउथ एशियन ट्राभल अवार्डसर्् २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स्का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स् अर्को महत्वपूर्ण आईएसओ ९००१ः२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो । सो प्रमाणीकरणले एअरलाइन्स्को गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ ।

सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स्ले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स जडान गरेको थियो । योसँगै एअरलाइन्स् जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स्ले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स्को रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्स्का रूपमा प्रतिस्थापित हुन चाहेको छ ।