शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सर्वदलीय बैठक

न्यूयोर्क र चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्री लगायतसँग छलफल

आइतबार, भाद्र २४ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्रीको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो।

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदै छन्। त्यहीँबाट असोज ५ गते चीन भ्रमणमा पनि जाने तय भएको छ।

चीन भ्रमणबारे सुझाव लिनका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत उपस्थित छन्।

नेपाल र चीनबीच हुने द्विपक्षीय सहमति गर्नुपर्ने विषयमा उनीहरूबीच छलफल भइरहेको बताइएएको छ। प्रधानमन्त्रीको भ्रमणका बेला चीनले बिआरआई परियोजना कार्यान्वयनका लागि दाहालसँग ठोस कुराकानी गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले आज साँझ परराष्ट्र विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम छ।