शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. अञ्जनीकुमार झा नियुक्त

बिहिबार, भाद्र २१ २०८०

काठमाडौँ – सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा डा अञ्जनीकुमार झालाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले झालाई आयोगको अध्यक्ष बनाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

झा कांग्रेसको काटामा नियुक्त भएका हुन्।

सिफारिस समितिले झासहित श्रीकृष्ण गिरी, प्रवीण मिश्रको नाम पठाएको थियो।