शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मृत अवस्थामा फेला

सोमबार, भाद्र १८ २०८०

काठमाडौं- नवलपरासी पश्चिम, पाल्हिनन्दन गाउँपालिका–६ लंगडिपाकड बस्ने २७ वर्षीय चन्दन हरिजन बर्दघाट नगरपालिका–१२ भटौलियास्थित हुलासी खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

बाजुराको हिमाली गाउँपालिका–१ नेटा घर भई सोही नगरपालिका–१ बिच्छिया बजारमा होटल सञ्चालन गरी बस्ने तारा थापाकी छोरी १५ वर्षीया सर्पनशिला थापा सोही ठाउँस्थित बिच्छिया खोलाको बिच भागमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । शनिबारदेखि हराएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

रूपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित घाँघर खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–१८ डल्लुस्थित पुरानो पुलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।