शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सोमबार, भाद्र १८ २०८०

काठमाडौं- काठमाण्डौ महानगरपालिका–३ बसुन्धारास्थित सडकमा प्र.३–०२–००६ प ६४०५ नम्बको मोटरसाइकल र बा.प्र.०१–०२७ च ६७४७ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक संखुवासभा मकालु गाउँपालिका–१ घर भएका २७ वर्षीय दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।