शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री प्रचण्डविरुद्ध नेविसंघको प्रदर्शन

सोमबार, भाद्र १८ २०८०

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेपाल विद्यार्थी संघले सरकारविरुद्ध शिक्षा स्वास्थ्य क्षेत्रमा भ्रष्टचार बन्द गर भन्दै विरोध गरेको छ ।

आइतबार काठमाडौंको माईतीघरमा आयोजित विरोध प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री प्रचण्ड र उनी नेतृत्वको सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

विरोध कार्यक्रममा बोल्दै नेविसंघका विद्यार्थीहरुले सरकारले गरिबलाई बाँच्न पनि नदिने अवस्था सिर्जना गरेको आरोप लगाएका छन् ।

सरकारले आफूहरुलाई झुटो आश्वासन दिएर जनताको आँखाका धुलो छर्ने काम गरेको उनीहरुको भनाई छ ।