शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पेप्सीकोलामा मिनी बसले तीनवटा सवारी साधनलाई ठक्कर दियो, सात जना घाइते

आइतबार, भाद्र १७ २०८०

काठमाडौं। काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा सवारी दुर्घटनामा सात जना घाइते भएका छन् ।

आज बिहान ७:४५ बजे मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् ।

घाइतेहरुलाई घटनास्थल नजिकको मदरल्याण्ड अस्पताल लगिएको छ। ती मध्ये केहीको अवस्था चिन्ताजनक रहेको बुझिएको छ ।

केहीको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले जानकारी दिए।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।