बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमसीसीको औपचारिक कार्यान्वयनले अन्तत: रोकियो समाजवादी मोर्चाको धनगढी सभा

बुधबार, भाद्र १३ २०८०

काठमाडौं । आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा अन्तिम समयमा स्थगित भएको छ ।

अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को औपचारिक कार्यान्वयन हुने दिनमा आयोजना गरिएको सो सभा अन्तिम समयमा स्थगित भएको हो ।

एमसीसी परियोजनाका बारेमा समाजवादी मोर्चाको एउटै सभावाट भिन्न भिन्न विचार आए पछि आजको सभा स्थगित गरिएको हो ।प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने कार्यक्रममा नजाने भएका छन् ।

एउटै मोर्चामा रहेपनि एमसीसी परियोजनाका बारेमा समाजबादी मोर्चा भित्र फरक फरक विचार प्रस्तुत हुँदै आएका छन् । समाजबादी मोर्चाभित्रको विप्लव नेतृत्वको नेकपा एमसीसीको कट्टर विरोधमा छ भने अन्य दलहरु व्याख्यात्मक टिप्पणी पछि पक्षमा देखिएका छन् ।

बिप्लव नेतृत्वको नेकपासहित चार दलले आजै काठमाडौंमा  एमसीसी कार्यान्वयनको  बिरोधमा माइतीघरमा  बिरोध प्रदर्शनसमेत गर्दैछ । जसका कारण पनि सो सभा स्थगित गर्नु परेको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा हुने सो सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने तय भएको थियो ।
सो मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने पुर्व घोषणा अनुरुप आज सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरिएको थियो । स्थगित सन्देश सभा अब कहिले हुन्छ रु त्यसको भने कुनै जानकारी दिईएको छैन ।