काठमाडौं – उत्कृष्ट स्विस शिल्प कौशल र १०० प्रतिशत प्राकृतिक सामग्री प्रयोग गर्ने प्रतिबद्धताका लागि प्रख्यात, मुभएनपिक आइसक्रिम, अब नेपाली बजारमा उपलब्ध भएको छ । केएल दुगड समूहद्वारा आयात गरिएको, मुभएनपिक आइसक्रिमले प्रिमियम आइसक्रिम सेगमेंटको लागि नयाँ मापदण्ड सेट गर्दै कुनै कृत्रिम तत्त्व, स्वाद, वा स्टेबिलाइजरहरू बिना शुद्धताको वास्तविक सारलाई मूल रूप दिन्छ ।
काठमाडौँको ठमेल स्थित ठमेल –द कर्नरमा रहेको यसको पहिलो आउटलेटको उद्घाटन एक भव्य कार्यक्रमका साथ भएको छ । स्टोर दैनिक बिहान ११ बजे देखि राति ११ बजेसम्म खुला रहनेछ । साथै शुक्रबार र शनिबार राति दुई बजेसम्म खुला रहेर, यो स्टोर आइसक्रिम उत्साहीहरूका लागि अबेर रातिको लोकप्रिय गन्तव्य बन्ने कम्पनीको विश्वाश रहेको छ ।
मुभएनपिक आइसक्रिमको प्रामाणिकता र गुणस्तरको प्रतिबद्धता यसको अद्वितीय स्विस मूलबाट आउदछ । प्रत्येक स्कूपले स्विट्जरल्याण्डको समृद्ध सम्पदाको अनुभूति गराउछ ।