शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

क्रिकेटर लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ

आइतबार, भाद्र १० २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तानसमेत रहेको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दामा सुनुवाइ गर्न आजलाई पेशी तोकिएको हो ।

यसैबीच, लामिछानेलाई बलात्कार आरोप लगाउने किशोरीले हिजो शनिबार आत्महत्याको प्रयास गरेकी छिन् । उनले धेरै औषधि सेवन गरेर आत्महत्याको प्रयास गरेकी हुन् ।

अहिले उनको अस्पतालमा उपचार भइरहेको छ । अहिले उनी खतरामुक्त रहेको बुझिएको छ ।

जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि पीडित किशोरीले आत्महत्याको प्रयास गरेकी हुन् ।

सन्दीप आइतबारको पेशीका लागि भनेर राष्ट्रिय टिमसँगै पाकिस्तान गएका छैनन् । सन्दीप आजको सुनुवाइ पछि एसिया कप खेल्न जाने तयारीमा छन् ।