जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक सडकमा काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस सडकबाट करिब १५ मिटर तल खसेर गएराति दुर्घटना हुँदा बसमा सवारमध्ये ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा महोत्तरी लोहारपटी बस्ने ४१ वर्षीय बिजय लाल पण्डित, भारत राजस्थान बस्ने ६७ वर्षीय बहादुर सिंह, भारत राजस्थान बस्ने ६५ वर्षीया मिरा देवी, हाल नाम, थर, वतन पुरूष १ जना र महिला ३ जना रहेका छन् । दुर्घटनामा घाइते भएका बसमा सवार १ जनाको चुरेहिल अस्पताल र १६ जनाको जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ । सामान्य घाइते भएका बसका चालक र २ जना सहचालकलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार पश्चात डिस्चार्ज भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले उद्दार कार्य गरेको थियो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।