शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नगद तथा सुनका विभिन्न गहना चोरी

बुधबार, भाद्र ६ २०८०

काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल डकीटोल बस्ने रमेश ज्ञवालीको घरबाट कोही नभएको अवस्थामा ढोका फोडी नगद तथा सुनका विभिन्न गहना गरी करिब ४ लाख २ हजार ५ सय रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ कलामसीको नेपाल गाउँस्थित रामकृष्ण गिरीको घरबाट कोही नभएको अवस्थामा मुल गेटको ताला फोडी करिब ८ लाख ६ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहना मंगलबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।