शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मृत अवस्थामा फेला

बुधबार, भाद्र ६ २०८०

काठमाडौं – गोरखाको आरूघाट गाउँपालिका–९ र भिमसेन थापा गाउँपालिका–३ को सिमानास्थित स्टिल खोला र बुढिगण्डकी नदीको दोभानमा गोरखा नगरपालिका–१ अज्मरे बस्ने ७६ वर्षीय हरि प्रसाद भट्ट मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

पर्साको पर्सागढी नगरपालिका–३ झब्राहास्थित धान खेतमा सोही नगरपालिका–५ बस्ने ३५ वर्षीय श्री भगवान साह मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोलुखुम्बुको सोताङ गाउँपालिका–४ बुरगम बस्ने ६९ वर्षीय गोरे तामाङ सोही ठाउँ बस्ने देवान सिंह राईको घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । साथीको घरमा पाहुना आई सोमबार बेलुकी खाना खाई सुतेका उनी बिहान मृत फेला परेका हुन् ।

नवलपरासी पूर्वको बिनयी त्रिबेणी गाउँपालिका–७ लक्ष्मीपुरस्थित पिपलको चौतारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।