धादिङ । यात्रुवाहक बस त्रिशुलीमा खसेको छ। काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस अनियन्त्रित भई त्रिशुली नदीमा सडकबाट नदीमा खसेको बताइएकाे छ ।
दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए ।
८ जनाको शव बसबाट निकालिएको छ भने कम्तिमा २० जनाको उद्दार गरेर अस्पताल पठाइएको छ । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन।
उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।