शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

बुधबार, भाद्र ६ २०८०

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ ।

किराँतीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान ४ बजे निधन भएको हो।

वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राई लामो समयदेखि प्यारालाइसिसबाट ग्रसित थिए ।

मन्त्री किराँतीले सामाजिक सञ्जालमा ४२ वर्षअघिको तस्विर राख्दै बुबालाई श्रद्धाञ्जली दिएका छन्। ‘भर्खरै वुवाले धोका दिनुभयो, आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो’, उनले लेखेका छन्, ‘उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा।’