काठमाडौं – मोरङको विराटनगर महानगरपालिका–१६ दक्षिण गेटस्थित शिव मन्दिर छेउमा रहेको चौरीमा सोही महानगरपालिका–९ बस्ने ५० वर्षीय गोपाल शाह आइतबार मृत अवस्थामा फेला परेका छन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–१० मैदानटोल बस्ने ६५ वर्षीय कोप चन्द्र सुनार आफ्नै घर नजिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी नुवाकोटको ककनी गाउँपालिका–१ ठुलोखोलास्थित निमार्ण हुँदै गरेको कोलस्टोर भवनमा लेबर काम गर्दै सोही भवनमा बस्दै आएका पाँचथर पौवा गाउँपालिका–५ बस्ने ४६ वर्षीया मन कुमारी सारू मगर आइतबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।