शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मृत अवस्थामा फेला

बुधबार, साउन ३१ २०८०

काठमाडौं – दाङको घोराही उपमहानगरपालिका–१२ ज्यामिरेखोला बस्ने आइतराम बुढाथोकीको छोरा ५ वर्षीय आकाश बुढाथोकी घर नजिकैको कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–७ गौरीघाट मैजुबहाल डेरा गरी बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–६ घर भएका ४६ वर्षीय बाधव प्रसाद गौतम आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, धरान उपमहानगरपालिका–१५ भानुमार्ग बस्ने सगुन चेम्जोङको घरको गेट नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।