शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज मंगलबार गणेश भगवानको पूजा आराधना गर्नाले सुख शान्ति प्राप्त

मंगलबार, साउन ३० २०८०

कामठाडौं । आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ।

मंगलबार सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ। मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मीक विश्वास छ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्।

यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

“ग” को अर्थ बुद्धि र “ण” को अर्थ ज्ञान हुन्छ । तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक मानिन्छन् । भगवान गणेशको अर्को नाम “विघ्नेश्वर” पनि हो । उनी सबै बिघ्नबाधाहरुको निवारक पनि हुन् । उनले सबै कार्यहरु निर्बिघ्न गराउँछन् । भगवान गणेशको अर्कोनाम “विनायक” पनि हो विनायकको अर्थ उनको अरु कोही नायक छैन र उनै सर्वश्रेष्ठ नायक हो भत्रे बुझिन्छ ।