शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ललिता निवास जग्गाको विषयमा मैले कानुन सम्मत तरिकाले गर्ने भनेको हुँ : माधव नेपाल

सोमबार, साउन २९ २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् ।

भदौं १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल आफनो भ्रमण छोट्याएर आज स्वदेश फर्किएका हुन् ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री नेपाल १० दिने युरोप भ्रमणमा गएका थिए ।

एक साता अघि स्विटजरल्याण्डलगायत युरोपमा आयोजित बिभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परे पछि अचानक स्वदेश फर्किएका हुन् ।

स्वीट्जरल्याण्डबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले आफू चुनौतीको सामना गर्न तयार रहेको बताए ।

सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने भएकोमा अनावश्यक टिकाटिप्पणी हुन थालेपछि कार्यक्रम छोट्याएर फर्किएको उनकाे भनाइ थियाे ।

अध्यक्ष नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताए ।

उनले ललिता निवास प्रकरणमा आफ्नो नाम मुछिएको बारे नबिरानु नडराउनु दोहोर्याए । ‘केही पत्रपत्रिकाले माधव नेपाल भागो’ भन्दै लेखेको बताउँदै उनले आफू भाग्ने खालको मान्छे नभएको प्रष्ट्याए । पुरानो आफ्नो राजनीतिक इतिहास बताउँदै स्वीट्जरल्याण्ड जानुपर्ने कारण बताए ।

साथै उनले  उक्त जग्गामा आफूले कुनै लेनदेन नगरेको जिकिर गरे । आफूले नितान्त असल मनसायले नेपाल सरकारको जग्गा नेपाल सरकारकै हुनुपर्छ भनेर काम गरेको बताए । साथै आफूले कानुन सम्मत तरिकाले गर्ने भनेर गरेको उल्लेख गरे । गलत कुरामा आफ्नो कुनै संलग्नता नरहेको उनले प्रष्ट पारे । निर्दोष कोही नपरुन र दोषी कोही नउम्किउन् भन्ने आफ्नो मान्यता रहेकाउ उनले बताए ।

गत साउन २२ गते युरोप गएपनि त्यसको एक दिन अघि सर्वोच्च अदालतले पुर्व प्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो ।

सर्वोच्च अदालतले आदेश दिएको भोलीपल्ट बिदेश गए पछि धेरैले ‘फरार’ भएको भन्दै आलोचना गरे पछि अध्यक्ष नेपालले त्यसको प्रतिबाद गर्दै आएका थिए ।

गत साउन २१ गते अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्न आदेश जारी गरेको थियो ।