शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चोरीपैठारीको लत्ताकपडासहित पाँच जना व्यक्ति नियन्त्रणमा

आइतबार, साउन २८ २०८०

काठमाडौं – बाँके जिल्लाको डुडुवा गाउँपालिका ६ मुन्सीपुर्वाबाट साउन २८ गते सशस्त्र प्रहरीले करीव ९ लाख ९५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रमा लिइएकाहरुमा भारत घर बताउने ३५ वर्षिय सिता प्रसाद कौली, २६ वर्षिय गुडु यादव, २४ वर्षिय राजेन्द्र कौली, २७ वर्षिय खर्मन पठान र २४ वर्षिय गुड्डुप कसिफ छन् ।

यूपी ४० एक्स ९२२७ नम्बरको भारतीय मोटरसाईकल र पाँच वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ४ सय १५ थान सुट, ७५ थान तन्ना र ९ सय ४० थान सुज कभरसहित उनीहरुलाई बिओपी कालाबन्जार बाँकेले नियन्त्रणमा लिएको हो । मोटरसाईकल चालक भने सशस्त्र प्रहरीको टोलीलाई टाढैबाट देख्नासाथै फरार भएका थिए ।

नियन्त्रणमा लिएकाहरुलाई बरामद लत्ताकपडा तथा मोटरसाईकल र साईकलसहित आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।