शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुन तस्करीमा उच्च नेतृत्व नै संलग्न, छानबिन समिति बनाउनु पर्छ : एमाले

आइतबार, साउन २८ २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार र सुन तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाएका हुन् ।

पत्रकारले सोधेको प्रश्नमा अहिले एमाले अध्यक्ष ओलीले जवाफ दिइरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । संसदमा प्रतिपक्षी सांसदहरूलाई आफ्नो कुरा राख्न सत्तारुढ सांसदहरू उठेर अवरोध गरेको आरोप लगाए ।

अध्यक्ष अ‍ोलीले सुन तस्करीमा सरकारले अडान लिनुको कारणबाटै यसमा उसको संलग्नता भएको पुष्टि हुने बताए । क्विन्टल तस्करीमा सरकारको संलग्नता विना सम्भव नभएको उनको भनाइ थियो ।

ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने उनले बताए । वहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्ने उनको भनाइ थियो ।