शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुन प्रकरण र संसद अवरोधबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै, अध्यक्ष ओलीले सम्बाेधन गर्ने

आइतबार, साउन २८ २०८०

काठमाडौं । नेकपा एमालेले सुन प्रकरण र संसद अधिवेसनबारे बिशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेकपा एमाले केन्द्रिय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त बिशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो । उक्त सम्मेलनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध लगाएत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रिय प्रचार तथा प्रकाशन बिभागका सचिव गगन बिष्टले जानकारी दिए ।