काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध आज पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
शुक्ररबार बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध गरेको हो ।
बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरे । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेकी सांसद ज्वाला कुमारी शाहलाई बोल्न समय दिए । शाहलाई बोल्न दिएपछि सत्तारुढ दलका सांसदहरुले उठेर विरोध गरे ।
होहल्लाबीच शाहले आफ्ना कुरा राख्दा सभामुखले कुरा नबुझिएको भन्दै बस्न आग्रह गरे । यसैबीच एमालेका सांसदले नाराबाजी गरेपछि आजको संसद स्थगित भएको सभामुखले जानकार गराए ।
रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुखले साउन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थए ।
सुन प्ररकणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले सदन अवरोध गर्दै आएको छ ।