शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

स्वास्थ्य मन्त्री बस्नेतबाट स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको समुद्घाटन

बिहिबार, साउन २५ २०८०

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौंमा नवनिर्मित ‘स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र’ को बिहिबार समुद्घाटन गरेका छन् ।

स्वास्थ्य सेवा विभागको समन्वयमा नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण भएको उक्त केन्द्रले नेपाल एपीएफ अस्पतालको फोहोेर संकलन गरी निर्मलीकरण गर्र्ने तथा पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फोहोर छुट्याई व्यवस्थापन गर्ने छ ।

उद्घाटन समारोहमा स्वास्थ्य मन्त्री बस्नेतले नेपाल एपीएफ अस्पतालले कोभिड महामारीको समयमा पु¥याएकोे योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनहरुमा समेत स्वास्थ्य सेवाका क्षेत्रहरुमा अझ उत्कृष्ट सेवा प्रवाह गर्न सफल हुने विश्वास व्यक्त गरे । उनले नेपाल एपीएफ अस्पतालले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको स्थापना गरी उत्कृष्ट कार्य प्रणालीको सुरुवात गरेको उल्लेख गर्दैै अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नभएमा संक्रामक रोगहरु फैलन सक्ने जोखिम बढी हुनेहँुदा सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरुले संवेदनशील भई स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा विशेष ध्यान पु¥याउनुपर्ने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ अस्पतालले वातावरणीय प्रदुषण कम गर्नेतर्फ सचेत र सजग भई स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको बताए । उनले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापनामा विशेष सहयोग पु¥याउने नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जर्मन विकास सहयोग लगायत विभिन्न संघसस्थाहरुप्रति हार्दिक आभार प्रकट गरे ।

कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागका पदाधिकारीहरु, चन्द्रागिरी नगरपालिकाका प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।