जनकपुरधाम उपमहानगरपालिका–१३ कबडहल बस्ने गणेश रायको छोरा १० वर्षीय सुरेन रायको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
फलामको रडले आम्बा टिप्ने क्रममा रड विद्युतको तारमा छोइएर करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।