शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बाढी तथा पहिरोका कारण विभिन्न धनमाल क्षति

बुधबार, साउन २४ २०८०

काठमाडौं – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा खोलामा अविरल बर्षाको कारण मंगलबार साँझ आएको बाढीले बगाउँदा सोही खोलामाथि महादेव खिम्ति हिराचन जेभी कम्पनीद्वारा निर्माणाधीन पक्की पुलमा प्रयोग गर्दै आईरहेका जस्ता, तारजाली, स्टिल फर्मा, स्टेजिङ पाईप लगायतका सामग्रीहरु गरी करिब २१ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–१ मझिनीदमार बस्ने २८ वर्षीया सम्झना नेपालीको दुई तले कच्ची घर मंगलबार बिहान पहिरोले पुरिँदा अन्नपात, भाँडावर्तन, फर्निचर, लत्ताकपडा गरी करिब ३ लाख ८३ हजर २ सय रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

काभ्रेको बनेपा नगरपालिका–१४ डिबदोल बस्ने शारदा भारतीको घर मंगलबार दिउँसो पहिरोले पुरिँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको छ । बाढी तथा पहिरो गएका स्थानमा तत्कालै नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार तथा अनुसन्धान कार्य गरिरहेको छ ।