काठमाडौं – अछामको मेल्लेख गाउँपालिका–४ बोरागाउँ बस्ने ४० वर्षीया सुना साउद सोही ठाउँस्थित सरानी खोलाको किनारामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका– ५ धिमार टोल बस्ने २२ वर्षीया कबिता सदा सोही गाउँपालिका–६ राई खोलास्थित आँपको फुलबारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । शनिबारदेखि हराएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
सिरहाको मिर्चैया नगरपालिका–६ कटारी जाने बाटोस्थित शम्भु होटलको छेउमा मोरङ विराटनगर उपमहानगरपालिका–१० बस्ने २५ वर्षीय सिद्धान्त भट्टराई गएराति मृत अवस्थामा फेला परेका छन् । आफ्नै को.१ च९१७२ नम्बरको पिकअप गाडीमा कपी लोड गरी बिक्रीवितरण गर्न चालकसहित आएका उनी बास बसेको उक्त होटल नजिकै मृत फेला परेका हुन् । सर्लाहीको हरिपुर्वा नगरपालिका–७ स्थित बाके खोलाको किनारमा सोही नगरपालिका–९ बस्ने ६० वर्षीय भोला चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
डोटीको दिपायल सिलगढी नगरपालिका–३ बरलदेउस्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रामपुर नगरपालिका–८ खोरियाघाटस्थित कालिगण्डकी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।