शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मृत अवस्थामा फेला

शुक्रबार, साउन १९ २०८०

काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका–७ भुल्का गतेरीस्थित बाग्मती खोलाको किनारमा भोजपुर चम्के बस्ने मनोज मगरको छोरा १३ वर्षीय साजन मगर बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत साउन ७ गते काठमाडौं महानगरपालिका–३ रानीबारी २ नम्बर गेट नजिक रानीबारी खोलाले बगाएर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

बागलुङको ढोरपाटन नगरपालिका–७ ग्याल्दुङस्थित ग्याल्दुङबाट धम्पु जाने बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीया कालिका कुमाल बिहीबार मृत अवस्थामा फेला परेकी छन् । मोरङको विराटनगर महानगरपालिका–१२ झुटुवा बस्ने १५ वर्षीय मिन्जेल सहनी आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको दमक नगरपालिका–९ स्थित न्यु ब्राइट वे होटल एण्ड लजमा कमल गाउँपालिका–५ बस्ने ३९ वर्षीय प्रदिप राई बिहीबार मृत अवस्थामा फेला परेका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पोगटीदोबाटे बस्ने ३० वर्षीया रामदेवी श्रेष्ठ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।