शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दोलखा पहिरो अपडेट : एक बालकको मृत्यु, तीन बेपत्ता- तीनै जना घाइते

शुक्रबार, साउन १९ २०८०

दोलखा । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।

गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए ।

पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताए।

सो पहिरोमा परी तीनजना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइएको छ ।

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।