काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु। दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले लेखेका छन्।
प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ।
हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिकक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो ।
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो ।