शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

सदनको अवरोध हटाउन प्रचण्ड, देउवा र ओली बीच आज पनि छलफल

सोमबार, असार २५ २०८०

काठमाडौं । संसदको अवरोध हटाउन आज पनि तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले जारी राखेको संसदको अवरोध खुलाउने विषयमा सोमबार पनि तीन शीर्ष नेताले छलफल गरेका हुन् ।

सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुबीचको छलफल अघि बढेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार पनि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । तर, आइतबारको समझदारी केही घण्टामै भाँडिएको थियो ।