शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

फेरि छलफलमा जुटे प्रमुख तीन दलका शीर्ष नेता

आइतबार, असार २४ २०८०

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरु फेरि छलफलमा जुटको छन् । यस अघि पनि उनीहरु संवैधानिक परिषद्सम्बन्धी विधेयक, टिआरसी, संसदीय समितिहरूका सभापति चयनलगायतका विषयमा छलफल गर्न जुट्ने गरेका थिए ।

तर यो पटक भने प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा छलफल गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक बसेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र सहभागी छन् ।

गत बुधबारदेखि सङ्घीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन । अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ । यस्तै, अन्य महत्वपूर्ण विधेयकहरु समेत अगाडि बढ्न सकेको छैन ।

यसअघि आज विहानै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनमा आबद्ध दलहरुको बैठकमा समसामयिक विषयमा छलफल भएको थियो । बैठकमा सङ्घीय संसदको अवरोध हटाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ ।

राष्ट्रियसभाको आजको बैठक पनि एमालेको विरोधपछि सोमबार बिहान ११ः०१ बजेसम्मका लागि स्थगित भएको छ ।