काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले ‘भारतीय गुलामले देश चलाइरहेको’ टिप्पणी गरेका छन् ।
बिहीबार राति सामाजिक सञ्जालबाट बालेनले ‘भारतीय गुलामहरूले देश चलाइरहँदा आफूले मात्र विरोध गरिरहेको’ बताएका छन् ।
उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको पनि बताएका छन् ।
‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरूले देश चलाउँदै छ र म मात्र विरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरू हुन् ?,’ बालेनले भनेका छन् ।