धनगढीमाई नगरपालिका–५ बस्ने ४० वर्षीय शिवनारायण कामैतको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । लहान नगरपालिका–२२ धुनमुनीस्थित घरको छत ढलान गर्ने क्रममा भाइब्रेचर मेसिन चलाउँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।