बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

डुबेर मृत्यु

मंगलबार, असार ५ २०८०

काठमाडौं – महोत्तरीको सम्सी गाउँपालिका–१ टिपरिया टोलस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ७३ वर्षीया बिन्देश्वरी यादवको सोमबार दिउँसो मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्दबाबास्थित तिनाउ खोलामा डुबेर भारत गोरखपुर फत्तेपुर बस्ने ३४ वर्षीय बिपिन धुसीयाको सोमबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरीको पाल्पा, रैनादेबी छहरा गाउँपालिका–८ जलुके झर्ना भन्ने ठाउँमा पौडी खेल्ने क्रममा डुबेर रुपन्देही शुद्धोधन गाउँपालिका–२ रजाड बस्ने २२ वर्षीय सन्जय चौधरीको सोमबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।