बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लुम्बिनी विकास बैंकद्धारा विभिन्न संस्थाहरुलाई सहयोग

बुधबार, जेष्ठ ३१ २०८०

काठमाडौं – लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत हेल्प नेपाल नेटवर्कलाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैंयाँको चेक हस्तान्तरण गरेको छ । हेल्प नेपाल नेटवर्कले मुगु जिल्लाको मुर्मामा अवस्थित हेल्प नेपाल हेल्थ पोस्ट निमार्ण गर्नुका साथै स्थानीयहरु लगायत वरिपरीका गाउँहरुमा पनि स्वास्थ्य सेवा दिंदै आइरहको छ । बैंक अधिकारीले उक्त संस्थालाई बिगतका बर्षहरुमाझै यस बर्ष पनि सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताउनु भयो ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका–३, शिखर आम्बोटोमा अवस्थित श्री देवी माध्यमिक विद्यालयलाई पनि सहयोग बापत एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा बाल कक्षा देखि कक्षा १० सम्मको अध्ययन अध्यापन भइरहको हुदाँ आवश्यक हुने सुचना–प्रविधिको सामग्री सहयोग गरेको र सो बाट अध्यनरत करिब ८०० बिद्यार्थी लाभान्वित हुने छन् ।

यसका साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नै रम्भा गाउँपालिका–४, हुमिन, बागचौर, पाल्पामा अवस्थित श्री अमर आधारभूत विद्यालयलाई पनि अतिरिक्त क्रियाकलाप तथा बिहानी प्रार्थना सञ्चालनार्थ एक थान साउण्ड सिस्टम हस्तान्तरण गरेको छ । उक्त विद्यालयले ग्रामीण समुदाय, निम्न – आय, दलित, आदिवासी जनजाती बालबालिकाहरुलाई अध्यापन गराई रहेको छ । सो सामान हस्तान्तरण पश्चात त्यस विद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थी लाभान्वित हुने छन् ।

बैैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।