ङ । नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह आज दाङमा हुँदैछ ।
समारोहमा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम छ ।
विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री दाहालको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा आज बिहान साढे ११ बजे दीक्षान्त समारोहको कार्यक्रम तय गरिएको छ ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमा समारोह हुनेछ । यसपटक २०७७ सालसम्म १० वटा शैक्षिक शत्रमा विश्वविद्यालयबाट विद्यावारिधी, आचार्य, शास्त्री, एक वर्षे शिक्षा शास्त्री र बीएएमएस उत्तीर्ण गरेका चार हजार सात सय ७३ विद्यार्थीलाई कुलपतिले मूल प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ ।
विश्वविद्यालयमा २०६८ साल यतादेखि दीक्षान्त समारोह हुनसकेको थिएन ।