बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

करेन्ट लागेर मृत्यु

मंगलबार, जेष्ठ ३० २०८०

काठमाडौं –मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने ४६ वर्षीय सिरु माझिको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही गाउँपालिका–५ भङ्साबारी बस्ने बिधानन्द ठाकुरको घरमा नयाँ कल गाडी मोटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ईलामको ईलाम नगरपालिका–१० बस्ने ३५ वर्षीय तिलक राईको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । सूर्योदय नगरपालिका–११ केराबारीस्थित नयाँ विजुलीको पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।