कानेपोखरी गाउँपालिका–३ जयनेपाल चोक बस्ने गणेश चौधरीको ग्वालीमा गएराति आगलागी हुँदा अन्नपात भाँडावर्तन, ग्वाली समेत गरी करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।