बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सुदूरपश्चिम प्रदेशकाे नीति तथा कार्यक्रममा के कस्ता योजना छन् ? हेर्नुहोस् पूर्णपाठ

बिहिबार, जेष्ठ २५ २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम बुधबार सभामा पेश गरेको छ ।

प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह ४ बजे प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका थिए ।
प्रदेश सरकारले प्रादेशिक विकासका योजनामा बजेट विनियोजन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । वार्षिक बजेट तर्जुमा गर्दा लैङ्गिक उत्तरदायी, दिगो विकास लक्ष्य र जलवायु अनुकूलन सम्बन्धी कोड अबलम्बन गरिने उल्लेख गरिएको छ ।

यसैगरी, हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना तथा बहुवर्षीय क्रमागत र अधुरा योजना कार्यान्वयन गरिने गरी बजेट विनियोजनमा प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

आर्थिक विकास गर्न र गरिबी निवारणमा योगदान पु¥याउन उद्यम विकास, रोजगार एवम् स्वरोजगारमूलक कार्यक्रम, औद्योगिक जनशक्ति उत्पादन र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ । स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गरी लगानीमैत्री वातावरण सृजना र लगानी सम्मेलन आयोजना गरिने उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारबाट फर्किएका, द्वन्द्व प्रभावित, घाइते, अपाङ, शहीद परिवार, एकल महिला, मुक्त कमैया, कमलरी, हलिया, दलित, वादी, राउटे, राजीसहित गरिबीका रेखामुनी रहेका वर्गका युवायुवतीका लागि सीपमूलक तालिम र सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरिने उल्लेख छ ।

कृषकको साथी मोबाइल एप, कृषि क्लिनिक र कृषि एम्बुलेन्स जस्ता नवीनतम् अवधारणाको माध्यमबाट कृषि उत्पादन वृद्धि गरिने, कृषि वस्तुको आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । एकल महिला, मुक्त हलिया, कमैया, कमलरी, दलित, अपाङ्गता भएका व्यक्ति लगायतकालाई लक्षित गरी कृषि तथा पशुपङ्क्षी विकास कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

हेर्नुहोस् पूर्णपाठ