बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत बृक्षारोपण’ सम्पन्न

सोमबार, जेष्ठ २२ २०८०

काठमाडौं – सिटिजन्स बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत बृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार शान्तिनगर, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

द रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन बृहत बृक्षारोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९ मा करिव दुई सय ५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपेर उक्त कार्यक्रम सम्पन्न गरेको बैंकले जानकारी दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालयएंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेको छ ।

बैकले हाल देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।